भनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो । आज नेपालमा धेरै हाइड्रोपावरले सर्बसाधारणबाट आईपीओ होस वा हकप्रद सेयर होस, लगानी जुटाएर आफ्नो योजना सफल बनाउने प्रयास गरिरहेका छन् । यदि सेयर बजार राम्रो अवस्थामा छ भने आईपीओ तथा हकप्रद शेयर सजिलै बिक्री हुन्छ । यदि बजार नराम्रो अवस्थाबाट गुज्रिरहेकोछ भने ती सेयर बिक्री हुन हम्मे पर्ने गरेको कुरा सबैले अनुभव गरेकै विषयवस्तु हो ।तर सेयर बजारलाई आर्थिक मापदण्डको रुपमा हेर्नलाई यसमा सबै सेक्टरको प्रतिनिधित्व हुनुपर्छ भन्ने पनि गरिन्छ । नेपालको सेयर बजारलाई हेर्दा सुरु सुरुमा त नेपालको पूँजीबजारमा बैंक तथा वित्तीय क्षेत्रको नै हालिमुहानी नै थियो । वाणिज्य बैंक, विकास बैंक,वित्त कम्पनीदेखि लघुवित्त खोल्ने होडबाजी नै चल्यो । नेपालको सेयर बजारमा वित्तीय क्षेत्रको केहि वर्ष दबदबा रह्यो । बिस्तारै जीवन बीमा, निर्जीवन बीमा र त्यसपछि पुनर्बीमा कम्पनी हुँदै अहिले लघ...
Comments
Post a Comment