नेप्सेमा किन आयो एकाएक फराकिलो अंकको गिरावट ? https://nepalipaisa.com/news-detail/74567
kARTIK 4 GATE SUNDAY ,2081 काठमाडौं : लगातार ४ कार्य दिनको वृद्धिपछि आइतबार सेयर बजारमा करेक्सन आएको छ । यस दिन नेप्से सूचक ४७.४४ विन्दुले घटेर २६९७.९१ अंकमा आएको छ । कारोबार रकम भने आकर्षक रहेको छ । ८ अर्ब १८ करोड रुपैयाँभ्न्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फन्डको सूचकमा भने कुनै पनि परिवर्तन भएको छैन । आइतबार बजार फराकिलो अंकले घटेपछि नेप्से सूचक पुनः २६ सयको लाइनमा आएको छ । लगानीकर्ताको मनोबल केही कमजोर हुँदा सूचक फराकिलो अंकले घटेको हो । यसअघि निरन्तर ४ कार्य दिनमा नेप्से करिब ८२ अंकले बढेको थियो । यसरी बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गर्दा आइतबार सूचक दबाबमा परेको अनुमान गरिएको छ । यो बजारको स्वभाविक प्रक्रिया हो । यद्यपि, कतिपयले भने आइतबारको घटाइलाई पछिल्लो राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेरेको पाइएको छ । रवि लामिछाने प्रक्राउ प्रकरणसँग जोडेर सेयर बजारलाई हेरेको पाइन्छ । कतिपय सरकार परिवर्तनको हल्ला पनि चलाएका छन् । यी कारणले बजार अलिबढी प्रभ...