Posts

Showing posts from June, 2023

सेयर कुन बेला बेच्ने अनि कस्तो बेलामा बेच्दै नबेच्ने ?

  समिर गौतम  काठमाडौं : सेयर बेच्नका लागि पनि सही र गलत कारणहरु हुने गरेका छन् । सही कारणका लागि हो भने सेयर बिक्री गर्नुलाई राम्रो मान्न सकिन्छ । तर कुनै स्टकको भाउ बढ्यो वा घट्यो भन्दैमा स्टक बेचिहाल्नुलाई भने सामान्यतयः एक खराब विचारकै रुपमा हेरिन्छ । यद्दपि, अन्य कतिपय अवस्थाहरु हुन्छन् जसले एक वा बढी बिक्री आदेशहरु राख्नुलाई पनि पूर्णरुपमा औचित्य प्रदान गर्दछन् । छोटो–छोटो अवधिमा सेयर कारोबार गर्नेहरुले निरन्तर खरिदबिक्री गर्नु स्वाभाविक नै भएपनि लामो समय वा दीर्घकालीन लगानी गर्नेहरुका लागि भने सेयर कहिले र कुन अवस्थामा बिक्री गर्ने भन्ने कुराले ठूलो महत्व राख्दछ ।  सेयर बिक्री गर्नुका राम्रा कारणहरु, कस्तो अवस्थामा नाफा वा नोक्सानमै पनि सेयर बिक्री गर्ने र कुन परिस्थितिमा सेयर बेच्नु हुँदैन भन्ने बारे लगानीकर्ताले निकै विचार पुर्याउनुपर्ने हुन्छ । यहाँ सोही विषयहरुमा थप चर्चा गरिएको छ ।  बेच्ने कारणहरु सेयर बिक्रीका लागि औचित्य प्रदान गर्न सक्ने ४ परिस्थितिहरु १) लगानी सिद्धन्तमा परिवर्तन जुन कारणले स्टक खरिद गरिएको थियो ती कारणहरु अब लागू नहुन सक्छन् । पहिलो त...

५ वटा बैंकको मात्र प्रतिसेयर आम्दानी २० रुपैयाँ माथि, सबैभन्दा धेरै एनआइसी एसियाको

Image
  काठमाडौं : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । वैशाखसम्म यस बैंकको इपीएस ३७ रुपैयाँ ९९ पैसा (वार्षिकीकरण नगरिएको) रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यसको उक्त आम्दानी ४६ रुपैयाँ ७६ पैसा (वार्षिकीकरण) रहेको थियो । एनआइसी एसियाको नाफामा आएको वृद्धिका कारण प्रतिसेयर आम्दानी पनि बढेको हो । यस अवधिसम्म यसले ४ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यसको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । त्यसो त, यस बैंकले पछिल्ला २ आर्थिक वर्षमा सेयरधनीलाई कुनै लाभांश वितरण गरेको छैन । यसको चुक्ता पुँजी पनि २ वर्षदेखि यथावत नै छ ।  एनआइसी एसियाको क्यापिटल पर्याप्तता नपुगेको कारण राष्ट्र बैंकले यसलाई लाभांश वितरणमा रोक लगाएको थियो । जसका कारण बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो ।  विवरण अनुसार ५ वटा बैंकको मात्रै प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । दोस्रोमा, स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा छ ।  चुक्ता पुँजी सबैभन्दा कम रहेको यस बैंकल...