असार मसान्तको बादलले छोपेको शेयर बजार साउन देखि उघ्रिने, यी कारणले उघ्रिने अनुमान लगाइँदै
असार मसान्तको बादलले छोपेको शेयर बजार साउन देखि उघ्रिने, यी कारणले उघ्रिने अनुमान लगाइँदै Jul 11, 2023 06:51 PM merolagani सुवास निरौला जेठमा कस्सिएर बढेको शेयर बजार असारको मध्यदेखि माथि उक्लिन सकिरहेको छैन। असार मासान्त नजिकिँदै गएकोले शेयर बजारमा बादल मडारिएको बताइएको छ। तर असार सकिए लगत्तै शेयर बजार उघ्रिने अनुमान लागाइदै छ। “अहिले असारको क्लोजिङ चलिरहेको छ। त्यसले गर्दा केही मानिसहरूले शेयर बेचिरहेका हुन्। उनीहरूले शेयर बेच्दा बजारमा प्रेसर परेको मात्रै हो। असार सकिएलगत्तै बजारले आफ्नो लय समाउने अनुमान गर्न सकिन्छ ” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरो लगानी सँग भने। असार मसान्त नजिकै गर्दा शेयर बेचेर पैसा आउने दिनसम्म बिक्री चाप रहे पनि त्यो अब धेरै दिन नरहेको बताइएको छ। मंगलबारसम्म शेयर बेच्नेले शुक्रवारसम्म पैसा पाउँदा आइतबार गर्जो टार्ने अवस्था रहन्छ। तर त्यसपछि बिक्री गर्नेले खासै गर्जो टार्न नसक्ने भएकोले पनि मंगलबारसम्म बिक्री चाप पर्न सक्ने अनुमान लगाइएको हो। साउनदेखि शेयर बजारले लय समात्ने अनुमान लगाइएको छ। जसमा बैंकले ऋण प्रवाहमा तीव्रता दिने,...