डार्क क्लाउड कभरपछि नेप्सेको चार्टमा बन्यो बुलिस डोजी स्टार, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबारमा नेप्सेको चार्टमा डार्क क्लाउड कभर बनेको थियो। यसले घट्दो बजारलाई संकेत गर्छ। तर, यो साताको अन्तिम कारोबार आज भने बजारमा प्रस्ट रुपमा बुलिस डोजी स्टार बनेको छ। (हेर्नुहोस् तस्बिरमा) यदि बजारको घट्दो ट्रेन्डमा रहेको बेला डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ। यस्तो अवस्थामा रातो लामो मैनबत्तीका साथ डोजी आकारको क्यान्डल देखा पर्छ। डोजी क्यान्डल भने आफैँमा अनिर्णयको संकेत हो। तर, यसलाई अघिल्लो दिनको क्यान्डलसँग मिलाएर हेर्दा कुनै अर्थ निस्किन्छ। यदि हरियो लामो मैनबत्तीपछि डोजी देखिएमा बजार करेक्सन हुन सक्ने बुझिन्छ। तर, आजको क्यान्डल प्याट्रन भनेको रातो क्यान्डलपछि डोजी देखिएको छ। यसले केही दिनदेखि घटेको बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गएको संकेत गर्छ। अवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार तल्लो ब्यान्ड नजिकबाट फर्किन खोजेको देखिन्छ। आज अन्तिम आवरमा बजार भोलुमसहित फर्केको छ। आवरली चार्टमै म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम नेगेटिभ रहे पनि केही फिक्का र छोटा–छोटा हुँदै गएका छन्। यसले बजार घट्ने क्रम रोकिँदै गएको बुझिन्छ। आवरली बेसमै आरएसआईमार्फत हेर्दा आज बजार करिब ओभर सोल्ड जोननजिक ३३ को तहमा पुगेको छ। पिभटमार्फत हेर्दा आज बजारले पहिलो सपोर्ट २०३० को तहमा बलियो सपोर्ट लिएको देखिन्छ भने पिभट प्वइन्ट २०६५ आसपासमा प्रतिरोध सामना गरेको देखिन्छ। यस हिसाबले आगामी कारोबारमा यदि बजार २०६५ भन्दा माथि गएमा बजारको अप ट्रेन्ड र २०३० भन्दा तल गएमा बजारमा केही समय करेक्सन आउन सक्छ।

Comments

Popular posts from this blog

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ?

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com