नेप्सेमा किन आयो एकाएक फराकिलो अंकको गिरावट ? https://nepalipaisa.com/news-detail/74567

 kARTIK 4 GATE SUNDAY ,2081


काठमाडौं : लगातार ४ कार्य दिनको वृद्धिपछि आइतबार सेयर बजारमा करेक्सन आएको छ । यस दिन नेप्से सूचक ४७.४४ विन्दुले घटेर २६९७.९१ अंकमा आएको छ । कारोबार रकम भने आकर्षक रहेको छ । ८ अर्ब १८ करोड रुपैयाँभ्न्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फन्डको सूचकमा भने कुनै पनि परिवर्तन भएको छैन । आइतबार बजार फराकिलो अंकले घटेपछि नेप्से सूचक पुनः २६ सयको लाइनमा आएको छ । लगानीकर्ताको मनोबल केही कमजोर हुँदा सूचक फराकिलो अंकले घटेको हो । 

यसअघि निरन्तर ४ कार्य दिनमा नेप्से करिब ८२ अंकले बढेको थियो । यसरी बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गर्दा आइतबार सूचक दबाबमा परेको अनुमान गरिएको छ । यो बजारको स्वभाविक प्रक्रिया हो । 

यद्यपि, कतिपयले भने आइतबारको घटाइलाई पछिल्लो राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेरेको पाइएको छ । रवि लामिछाने प्रक्राउ प्रकरणसँग जोडेर सेयर बजारलाई हेरेको पाइन्छ । कतिपय सरकार परिवर्तनको हल्ला पनि चलाएका छन् । यी कारणले बजार अलिबढी प्रभावित भएको हो । 

तर बजारमा यस्ता कुराले दीर्घकालीन प्रभाव पार्न सक्ने देखिंदैन । सेयर बजारमा राजनीतिको अल्पकालीन प्रभाव भने देखिन पनि सक्छ । सेयर बजार संवेदनशील क्षेत्र हो । स–साना घटनाक्रमले पनि अल्पकालका लागि बजारलाई सजिलै प्रभावित गर्न सक्छ । 

यसर्थ, आम लगानीर्ताको मनोबल जहिले पनि उच्च हुनुपर्छ । कहिले किन्ने ? कहिले बेच्ने भन्ने लगायतका विषयमा स्पष्ट दृष्ट्रिकोण निर्माण गर्न सक्नुपर्छ । यसो हुन सकेमा बेलाबखत भइरहने उतारचढावले आफ्ना लगानी रणनीतिलाई खासै प्रभावित गर्न सक्दैन । 

राजनीति वा अन्य घटनाक्रमको असर क्षणिक हुन्छ । यसर्थ, दीर्घकालमा बजारलाई डोर्याउने भनेको बैंक ब्याजदर, तरलता र सूचीकृत कम्पनीहरुको मुनाफाले नै हो । अहिले यी कोणहरुबाट हेर्दा भने सेयर बजारका लागि सकारात्मक अवस्था रहेको छ । बैंकमा अधिक तरताको अवस्था छ । ब्याजदर घटेको घट्यै छ । 

सूचीकृत कम्पनीहरुको मुनाफा पनि क्रमशः बढ्दोक्रममा रहेको छ । यी कारणहरुले गर्दा आगामी दिन सेयर बजारका लागि सकारात्मक हुन सक्ने आँकलन गर्रिएको छ । कर्जाकै ब्याजदर एकल अंकमा आइसकेको छ । निक्षेपमा ब्याजदर निकै न्यून विन्दुमा रहेको छ । यस्तो बेला ठूला निक्षेपकर्ताहरु बैंकबाट पैसा निकालेर सेयर बजारतिर आउने गर्छन् । 

जसबाट सेयरको माग बढ्न जाने र यसले बजारमा सकारात्मक अवस्था ल्याउने जानकारहरु बताउँछन् । यतिबेला प्रणालीमा छेलोखेलो पैसा रहेको छ । लगानीका अन्य क्षेत्र संकुचित छन् । यस्तो अवस्थामा सेयर बजारमै आम लगानीकर्ताको आकर्षण बढ्न सक्ने देखिन्छ ।

समग्रमा बजारले विस्तारै बुल रन समाउँदै जाने संकेत मिलेको छ । केही उतारचढाव र करेक्सनहरुका बाबजुत नेप्से सकारात्मक लयमै लाग्ने विश्लेषकहरुको भनाई रहेको छ । केन्द्रीय बैंकको तथ्यांकले पनि पछिल्लो २ महिनामा ठूला लगानीकर्ताले धमाधम सेयर धितो कर्जा लिइरहेको देखाएको छ । 

त्यतिमात्र होइन, अहिले लाभांशको सिजन चलेको छ । यतिबेला सेयरधनी बन्दा छोटो समयमै लाभांश हात पार्न सकिन्छ । साथमा बजार बढेमा पुँजीगत लाभ पनि प्राप्त हुन्छ । यसकारण पनि यतिबेला आम लगानीकर्ताको सेयर बजारमा थप रुचि बढ्ने गर्छ ।  

यस्तै, अब सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक हुन थाल्नेछ । कम्पनीहरुले नाफा कमाएको रिपोर्ट आएमा बजार बढ्नका लागि यसले पनि सहयोग गर्नेछ । बजारको फराकिलो वृद्धिका लागि सूचकसँगै कारोबार रकममा पनि क्रमशः तेजी हुँदै जानुपर्छ । यसो हुन सकेमा मात्र सेयर बजार दिगो सुधारतर्फ अघि बढ्न सक्छ । 
 
यस्तै, सेयर बजार सुधारका लागि अहिले समग्र माहोल सकारात्मक बन्दै गएको छ । सरकारले सेयर बजार सुधारको प्रतिबद्धता जनाएको छ । बजारलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले नीतिनियमहरु जारी गरिरहेको छ । यी आधारमा नियम अनुसार करेक्सन हुँदै बजार माथितिरकै यात्रामा लाग्ने विश्लेषणहरु भइरहेका छन् । 

यता, आम लगानीकर्ताले भने सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा जोखिम बहन क्षमतालाई समेत मध्यनजर गर्दै लगानी गर्न सके लाभ लिन सक्ने सम्भावना अधिक रहन्छ । कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थ, लाभांश वितरण क्षमता, विगतको लाभांश इतिहास, कम्पनीका सञ्चालकहरु लगायतका पक्षमा अध्ययन गर्न सक्नुपर्छ । 

यस दिन ३ सय १५ कम्पनीको २ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् । 


https://nepalipaisa.com/news-detail/74567

Comments

Popular posts from this blog

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ?

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com