कारोबार ७ अर्ब नाघ्यो, यसकारण बढ्यो सेयर लगानीकर्ताको मनोबल
केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरुपमा केही लचिलो नीति लिएपछि सेयर बजारमा नयाँ माहोल देखिएको हो । सेयर धितो कर्जामा जोखिमभार घटाइनु अनि ब्याजदर घटाउने नीति लिइनु नै सेयर बजारका लागि सकारात्मक पक्ष साबित भएका छन् । अहिले बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन् । तथापि, अझै कर्जा लगानी द्रुत गतिमा हुन सकेको छैन । यसकारण प्रणालीमा खरबौं रुपैयाँ नगद थुप्रिएको छ । यही सहज नगदकै कारण अहिले सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । बजार बढ्नुमा अरु पनि केही कारण छन् । जस्तो, अहिले नयाँ ब्रोकरहरु थपिएका छन् । उनीहरुले विस्तारै नयाँ ग्राहक पनि खोज्न थालेका छन् । पुरानासँग प्रतिस्पर्धा पनि चलेको छ । यसबाट केही न केही नयाँ लगानीकर्ता थपिन थालेका छन् । यस्तै, सेयर बजार २८ महिनासम्म बियरिस चक्रमा हिँड्यो । बजार लामो समय थला पर्दा भाउ निकै सस्तो भयो । यही कारण अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन लगानीकर्ता एकसाथ बजारमा खरिदका लागि उत्साहित भएका हुन् । यद्यपि, बजारले अर्को उचाई लिनका लागि अझै केही नीतिगत सुधार गर्न बाँकी रहेको देखिन्छ । आगामी दिनमा केन्द्रीय बैंकले अझै सेयर बजारसम्ब...