कारोबार ७ अर्ब नाघ्यो, यसकारण बढ्यो सेयर लगानीकर्ताको मनोबल

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरुपमा केही लचिलो नीति लिएपछि सेयर बजारमा नयाँ माहोल देखिएको हो । सेयर धितो कर्जामा जोखिमभार घटाइनु अनि ब्याजदर घटाउने नीति लिइनु नै सेयर बजारका लागि सकारात्मक पक्ष साबित भएका छन् । अहिले बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन् । तथापि, अझै कर्जा लगानी द्रुत गतिमा हुन सकेको छैन । यसकारण प्रणालीमा खरबौं रुपैयाँ नगद थुप्रिएको छ । यही सहज नगदकै कारण अहिले सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । बजार बढ्नुमा अरु पनि केही कारण छन् । जस्तो, अहिले नयाँ ब्रोकरहरु थपिएका छन् । उनीहरुले विस्तारै नयाँ ग्राहक पनि खोज्न थालेका छन् । पुरानासँग प्रतिस्पर्धा पनि चलेको छ । यसबाट केही न केही नयाँ लगानीकर्ता थपिन थालेका छन् । यस्तै, सेयर बजार २८ महिनासम्म बियरिस चक्रमा हिँड्यो । बजार लामो समय थला पर्दा भाउ निकै सस्तो भयो । यही कारण अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन लगानीकर्ता एकसाथ बजारमा खरिदका लागि उत्साहित भएका हुन् । यद्यपि, बजारले अर्को उचाई लिनका लागि अझै केही नीतिगत सुधार गर्न बाँकी रहेको देखिन्छ । आगामी दिनमा केन्द्रीय बैंकले अझै सेयर बजारसम्बन्धी नीति अझै सहज गर्यो भने यसमा लगानीकर्ता आकर्षित हुन सक्ने देखिन्छ । यस्तै, पुँजी बजार नियामक धितोपत्र बोर्डको सक्रियता पनि उत्तिकै महत्वपूर्ण हुनेछ । अहिले लाभांशको सिजन चलेको छ । यतिबेला सबल र लाभांश दिएका वा दिन सक्ने कम्पनी छानेर योजनाबद्धरुपमा लगानी गर्न सके लाभांशका साथमा पुँजीगत लाभ पनि हात पार्न सकिने अवस्था भने देखिन्छ । समग्रमा लगानीकर्ता स्वयंले रिस्क–रिवार्ड रेसियो विश्लेषण गरेर लगानी गर्नुपर्ने हुन्छ । बजारमा घटबढ भइरहन्छ । नाफा बुक गर्ने क्रम पनि चल्छ । यसकारण आम लगानीकर्ताले आफ्नो जोखिम बहन क्षमता, होल्ड गर्न सक्ने अवस्था, नाफाको अनुमानित प्रतिशतलगायतका पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । लाभ र जोखिमको सम्भावनालाई सधैं ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् । यस दिन ३०६ कम्पनीको १ करोड ९९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् । https://nepalipaisa.com/news-detail/65593

Comments

Popular posts from this blog

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ?

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com