शेयर बजारको तल्लो बिन्दु खुम्चिँदै, यसकारण शेयर बजारले अल टाइम हाइ ब्रेक गर्छ
- Get link
- X
- Other Apps
Jul 28, 2025 05:56 PM merolagani
सुवास निरौला
जति जति समय व्यतीत हुँदै गइरहेको छ। त्यति त्यति शेयर बजारको तल्लो बिन्दु खुम्चिँदै जान थालेको छ। नयाँ टिएमएस खाता खोलेर दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताको उल्लेख्य प्रवेशले गर्दा सूचकको तल्लो बिन्दु खुम्चिँदै गएको अनुमान गरिएको छ।
नेपालको शेयर बजारले २०७८ भदौ २ गते सर्वाधिक अंकको उचाइ बनाएको थियो। उक्त दिन शेयर बजारको कारोबार माफ सूचक ३१९८.६० अंकसम्म उक्लिएको थियो। तर त्यसपछि घटेको बजार मापक सूचक १८०६.९५ अंकसम्म ओर्लियो। बियरिस ट्रेन्ड उन्मुख बजारले त्यसपछि भने करिब दुई वर्ष सम्म १८ सय देखि बढेर २२ सय पुग्ने र पुनः १८ सय अंकको सेरोफेरोमा आउने क्रमलाई निरन्तरता दियो।
तर गत वर्ष भने बजारले २२ सय अंकको बलियो रेसिस्टेन्स तोडेर तीन हजारको बिन्दु चुम्यो। तर उक्त वृद्धि टिकाउ हुन सकेन। तर बजार पहिलेको जस्तो पुनः १८ सयको लाइमा झरेन। यस पटक भने बजार २४ सयको लाइन बाटै माथि उक्लियो। गएको वर्षको साउन देखि बजारको तल्लो बिन्दु खुम्चिँदै जान थालेको छ। किनकि तीन हजारको बिन्दुमा उक्लिएको बजार २४४२.६३ अंकसम्म ओर्लिएर पुनः माथि उक्लियो। त्यसपछि फेरि तल झरेको बजार २५ सयको लाइनभन्दा तल झरेन।
यस पटक बजारले पछिल्लो तल्लो बिन्दु भन्दा करिब एक सय अंक अघि नै माथिल्लो यात्रा सुरु गर्यो। तर त्यो वृद्धिले पनि तीन हजार टेक्न सकेन। पुनः बजार ओर्लियो। यस पटक फेरि बजार २६ सय आसपास बाटै फर्कियो। त्यसपछि अहिले बजार पुनः तीन हजार बिन्दु टेकेर ओर्लिएको छ।
आइतबार तीन हजार बिन्दु छोएर तल ओर्लियो। १८ अंकको गिरावट सँगै सूचक २९६४ अंकमा खुम्चियो। तर आइतबारको गिराबटले सोमबार निरन्तरता पाउन सकेन। सोमबार पनि सुरुवाती चरणमा ठुलो अन्तरले बजार घटेको भएपनि अन्तिम समयमा आएर बजार सम्हालियो। जसरी शेयर बजारले अहिले घट्न मानिरहेको छैन। त्यसले भने बजारले आउने दिनमा ३२ सय अंक काट्ने अनुमान गरिरहेका छन्। तल्लो बिन्दु खुम्चिँदै गएकोले बजारले माथिल्लो बिन्दुको रेकर्ड ब्रेक गर्ने अनुमान गरेका हुन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment