बजार घट्दा सरकारले केही ढाड्स दिनु पर्छ ।

२०३५मा रहेको शेयर मार्केट एक्कासी एमाले र काङ्रेसको गठ्बन्दन नयाँ सरकारको कुरा आए पछि नियमित बढ्न थाल्यो । २२०० पुगेको अवस्थामा बिष्णु पौडेल मन्त्री बन्ने कि न बन्ने कुरोले बजार केही दिन अलमल्लियो । बिष्णु पौडेल अर्थमन्त्री बने पछी बजार उकालो लाग्यो । राष्ट्र बैंकले पनि मौद्रिक नितिमा केही खुकुलो पन देखाए पछि बजार नरोक्किकन २८०० पुग्यो । मार्केट धेर बढ्यो भनेर केही बजार बिरोधिले हल्ला गर्न थाले । सम्सद अंरेस कुमार र पूर्व अर्थ मन्त्रिले त सान्सद भवनमै बजारको खुलेर बिरोध गरे । अंरेसजिले त झन लगानी कर्ताको नाम नै थोकेर बोले । यसले बजार हङ्गामा ल्यायो । भोली पल्ट् बजार १५० अङ्क तल खस्यो । तर त्यसको भोली पल्ट् बजार समालिदै माथि चड्न थाल्यो । नेताहरु नै बजारको बातावरण बिगार्ने खालका देखिए पछी लगानी कर्ताको मन शङ्का पस्नु स्वाभाबिकै हो । उनिहरुले लागानी कर्ताको लगानी माथि खेलवाड खेलेको सरकारले रमिता मात्र । यसले कतै सरकार बजार बढेको हेर्न नचाहेको हो कि जस्तो भान लगानी कर्ता माथि पर्यो किनभने अन्य पार्टिका सन्सदहरु पनि बजार माथि आक्रम गरिराखे । बजारको मर्म र मान्यता न बुझेका नेताले बजार प्रती धावा बोल्नु कि त ती प्रयोग गरिएका हुन सक्थे कि त बोलेर आफ्नो नाम चिनाउन खोजेका थिए वा सरकार सित बद्लाको भाव ब्यक्त गर्न लगानी कर्ता माथि खनिय । यसले पक्कै पनि लगानी कर्तामा प्रसस्त शङ्का गर्ने ठाउँ बनायो । जसले गर्दा देशमा कमाइ खान , लगानी गरेर कमाउन बातावरण नभएको जस्तो अनुभुती लगानी कर्ताले गरे । यस्तो अवस्थामा कती लगानी कर्ताले बजार बढेको बेला आफ्नो लगानी निकालेर बस्ने मनो बिज्ञान पनि बन्न सक्छ । त्यसैले बजार ३००० पुगे पछी खरिद भन्दा बिक्री चाप बढेको बढै गरेर बजार ११.५८ प्रतिशत घटेर नेप्से २६९५ मा आएको अवस्था छ । यसले लगानी कर्तामा मनोवन बढ्ने भन्दा पनि घट्ने अवस्था श्रीजना गर्छ जस्तो देखिन्छ । यदी बुलिस ट्रेन्ड छ भने मर्केट १० प्रतिशत घट्दा नयाँ लगानी आउछ र बजार समालिने अवस्था देखिन्छ । तर बजारको ट्रेण्ड हेर्दा बजार अझै तल जान्छ जस्तो देखिन्छ । यस्तो अवस्था सरकार केही कुरा ल्याउने वा बोल्ने अवस्थामा हुनु पर्ने हुन्छ । तर त्यस्तो पनि देखिएन । ती बजार बिरोधी नेताहरु त यो बेला खुशीले रमाइ रहेका होलान । तर सरकारले चुप लागेर तीनको समर्थन गरेको जस्तो गर्नु भएन । शेयर बजार कमाउने गुमाउने आफ्नो ठाउमा होला । तर यसको अर्को पार्टो कुनै कम्पनी वा सस्थाको आयोजनाको लागि लगानी सङ्कलन गर्ने ठाउँ पनि । लगानी सङ्कलन गर्न बजार बढेको बेला मात्र सम्भव हुन्छ । आज सस्थाका कती योजना सम्पन्नगर्न पाउदा आइेपियो जारी गर्न न पाउदा समस्या परेका छन । भर्खर मार्केट बड्न पाको छैन शेयर बजारको महत्व न बुझी जताभावी बोल्ने कारबाही गर्ने अवस्था पनि बनाउनु पर्ने देखिन्छ । बजारको बारे बोल्ने त सम्बन्धित निकाय छदै छ नि ।

Comments

Popular posts from this blog

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा उछाल, के भन्छन् जानकार ?

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com