नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा bizshala.com
भनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो ।
यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो ।
आज नेपालमा धेरै हाइड्रोपावरले सर्बसाधारणबाट आईपीओ होस वा हकप्रद सेयर होस, लगानी जुटाएर आफ्नो योजना सफल बनाउने प्रयास गरिरहेका छन् ।
यदि सेयर बजार राम्रो अवस्थामा छ भने आईपीओ तथा हकप्रद शेयर सजिलै बिक्री हुन्छ । यदि बजार नराम्रो अवस्थाबाट गुज्रिरहेकोछ भने ती सेयर बिक्री हुन हम्मे पर्ने गरेको कुरा सबैले अनुभव गरेकै विषयवस्तु हो ।तर सेयर बजारलाई आर्थिक मापदण्डको रुपमा हेर्नलाई यसमा सबै सेक्टरको प्रतिनिधित्व हुनुपर्छ भन्ने पनि गरिन्छ ।
नेपालको सेयर बजारलाई हेर्दा
सुरु सुरुमा त नेपालको पूँजीबजारमा बैंक तथा वित्तीय क्षेत्रको नै हालिमुहानी नै थियो । वाणिज्य बैंक, विकास बैंक,वित्त कम्पनीदेखि लघुवित्त खोल्ने होडबाजी नै चल्यो । नेपालको सेयर बजारमा वित्तीय क्षेत्रको केहि वर्ष दबदबा रह्यो । बिस्तारै जीवन बीमा, निर्जीवन बीमा र त्यसपछि पुनर्बीमा कम्पनी हुँदै अहिले लघुबीमा कम्पनी समेतले बजारमा उपस्थिति जनाइराखेका छन् भने हाइड्रोपावर क्षेत्र पनि ठूलै क्षेत्र बन्दैछ ।
अब आउने दिनहरुमा हाइड्रोपावर नै सभन्दा ठूलो क्षेत्र बन्ने सम्भाबना देखिन्छ । त्यसैगरी, अहिले ठूला ठूला सिमेन्ट उद्योग तथा वास्तविक क्षेत्रले पनि नेपालको पूँजीबजारमा उपस्थिति बढाउँदैछन्
त्यस्तै नयाँ नयाँ होटल तथा पर्यटन क्षेत्रको अब उपस्थिति थप हुँदै जाने देखिन्छ । अन्य क्षेत्रको थोरै भए पनि केहि न केहि उपस्थिति भइसकेको छ ।कृषि छेत्रबाट पनि मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीले उपस्थिति जनाइसकेको अवस्था छ भने यस क्षेत्रबाट सेयर बजारमा अन्य कम्पनीले पनि आउने योजना बनाइ रहेका छन् । त्यस्तै मिडिया अर्थात् सञ्चार छेत्रबाट पनि नेपाल रिपब्लिक मिडिया आइसकेको छ भने अन्य मिडियाहरु पनि आउने तयारीमा छन् ।
यतिमात्र नभई अब हवाइ उड्डयन क्षेत्र पनि पूँजीबजारमा प्रवेश गर्ने तरखरमा छ । यसरी सबै क्षेत्रको बजारमा उल्लखनीय उपस्थिति बन्दै जानु स्वागत योग्य कुरा हो । यसले नेपालको पूँजीबजार अझ व्यापक र विस्तार बन्दै जाने देखिन्छ ।
निजी कम्पनी होस वा गैरसरकारी संस्था त्यसलाई बजारमा ल्याउनु जनतालाई मात्र हैन स्वयम सरकारलाई पनि फाइदा हुने कुरा हो । यसरी सेयर बजारमा कम्पनी आउँदा उसको पारदर्शिता बढ्छ ।
यसले कम्पनीलाई पारदर्शिमात्र नभएर नाफामूलक बनाउनका लागि राम्रो व्यवस्थापन बनाउन पनि मद्धत गर्दछ । कम्पनी नाफामा जाँदा पहिलो चरणमा मुनाफाको कर तिरेर मात्र लगानीकर्ताले प्रतिफल प्राप्त गर्ने भएकाले मुलुकको अर्थतन्त्रमा सहयोग हुन्छ ।
आज कृषि विकास बैंक, नेपाल टेलिकमले देखाएको प्रस्तुति पनि यहि कारण हुन् । यदि ती कम्पनी सेयर बजारमा नआएको भए तीनको हालत यसअघि सञ्चालनमा आएको ट्रलीबस, साझा यातायातको जस्तो पनि हुन सक्थ्यो ।
हुन त सेयर बजारमा आउँदैमा सबै कम्पनी मुनाफामा गइहाल्छन् भन्ने त छैन तर खराब प्रस्तुती प्रदर्शन गर्ने कम्पनीले वार्षिक साधारण सभामा लगानीकर्तालाई जवाब दिन पनि त्यति सजिलो भने नहोला । उक्त सभामा व्यवस्थापनले झेल्ने समस्या हेर्न लायक हुन्छ । त्यसैले गर्दा पनि कम्पनी सञ्चालकहरु धेरैभन्दा धेरै मेहनत गर्ने बाटो तिर पक्कै नै लागेका हुन्छन् ।
नेपालको सेयर बजारलाई बफेटको इन्डिकेटरमा हेर्दा :
हुन त अमेरिका जस्तो सबै छेत्रको उपस्थिति यहाँको सेयर बजारमा छैन । त्यसैले बफेटको इन्डिकेटर यहाँ प्रयोग गर्दा अमेरिकाको जस्तो म्याक्सिमम सम्भाब्यता त न आउला तर पनि अहिलेको नेपालको दोस्रो बजारलाई नियाल्दा लगानी गर्ने समय भन्ने इङगीत चाँही यसले देखाउँछ ।
यसलाई प्रयोग गर्दा हाल बजारको पूँजीकरणलाई देशको कुल गार्हस्थ(जीडीपी) ले भाग गरी १०० ले गुणन गरी आउने अनुपात(रेसिया) कति हुन्छ त्यस्लाई हेर्नुपर्ने हुन्छ । त्यो अनुपात १०० भन्दा जति तल हुन्छ, उति राम्रो लगानी योग्य समय मानिन्छ । यदि यो अंक १०० भन्दा माथि जान्छ भने जोखिम(रिस्क) बढ्दै जाने हुन्छ र बाहिरीने(इग्जिट) गर्ने समय भन्ने बुझाउँछ ।
अब, अहिले नेपालको सेयर बजारलाई बफेटको इन्डिकेटरबाट हेर्दा :

Comments
Post a Comment